एमसीसी पास गर्ने विषयमा गठबन्धनले एमालेसँग छलफल गरेन : अध्यक्ष ओली 

एमसीसी पास गर्ने विषयमा गठबन्धनले एमालेसँग छलफल गरेन : अध्यक्ष ओली 

व्याख्यात्मक घोषणा भनेको जनतालाई ठगी गर्ने धन्दा हो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्ने विषयमा गठबन्धनले आफूहरूसँग छलफल नगरेको आरोप लगाएका छन् ।  मंगलबार एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न आयोजना गरिएको तीनकुनेस्थित रोयल ब्यांक्वेटमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले एमसीसी पास गर्ने विषयमा गठबन्धन दलहरुले नेकपा एमालेसँग छलफल नगरेको आरोप लगाएका हुन् । 

‘राष्ट्रिय विकासका परियोजनालाई हामी स्वकार गर्छौ । यदि हाम्रो राष्ट्रिय हितमा छैन, हाम्रो राष्ट्रिय स्वाभिमानमा असर गर्छ भने हामी त्यस्तो सहयोग अस्वकार गछौँ । यो एमससीको विषयमा पनि यस्तै हो । यो गठबन्धनले एमसीसीका बारेमा हामीसँग छलफल गरेन । हामीले संसदमा यो विषयमा बोल्न चाहे पनि संसद खुल्ने वातावरण बनाउनु भएन ।’

त्यसैगरी उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमलल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनतालाई भड्काएर बाटो भत्काउन लगाएको बताए । ‘जनतालाई भड्काउने, बाटो भत्काउन लगाउने, जनतालाई भ्रममा पार्ने, यता पनि ठिक्क उता पनि ठिक्क हुने । अनि सभामुख र १४ सांसदको पद जाने भएकाले अन्तिममा एमसीसीको पक्षमा उभियौँ भन्ने ? यदि राष्ट्रको हितमा एमसीसी नभएको भए सभामुखको पद जोगाए राष्ट्रको हितमा हुन्छ ?’ उनले भने ।

एमसीसी पास भएकाले अब देशको हित हुने गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ । ओलीले भने, ‘ संसदबाट एमसीसी पास भइसकेको छ अब देशको हित हुने गरि कार्यान्वयन गर्नुपर्छ ।’  व्याख्यात्मक घोषणा भनेको जनतालाई ठगी गर्ने धन्दा भएको उनले आरोप लगाएका छन् ।  ‘ व्याख्यात्मक घोषणा भनेको जनतालाई ठगि गर्ने धन्दा मात्र हो । यो अरु केही पनि होइन । यो गठबन्धनले जनताको आखामा छारो हाल्ने काम मात्र गरेको हो ।’ अध्यक्ष ओलीले भने ।