आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी, विश्वमा कुन देशसँग कति छ हतियार ?

आणविक हतियार प्रयोग गर्ने रुसको चेतावनी, विश्वमा कुन देशसँग कति छ हतियार ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – रुस–युक्रेन संकटको आज छैँटो दिन हो । युक्रेनले यही १२ फागुनदेखि सुरु गरेको रुसी हमलामा १४ बालबालिकासहित ३५२ सर्वसाधारण मारिएको दाबी गरेको छ ।

रुसी तोपले युक्रेनको दोस्रो ठूलो सहर खार्किभका अधिकांश आवासीय क्षेत्रमा हमला गरेको छ । खार्किमा रुसी सेनाको गोलाबारीमा परेर कम्तिमा ११ सर्वसाधारणको मृत्यु भएको छ ।

रुसले क्षति सामना गरेको पहिलो पटक स्वीकारेको बताइएको छ । रुसी हमलापछि ५ लाखभन्दा बढी मानिस युक्रेन छोडेर छिमेकी मुलुकमा शरण लिइरहेको राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायले जनाएको छ । पछिल्लो स्याटलाइट तस्बीरमा युक्रेनको राजधानी किभबाट उत्तरतर्फ रुसी सेना बोकेका कन्भोयका ताँती गुडेको देखिन्छन् ।

यसैबीच रुसले युक्रेनलाई समर्थन गर्ने देशहरूलाई आणविक हतियार प्रयोग गर्ने चेतावनीसमेत दिएको छ । युक्रेन मामिलामा आफ्नो बाटोमा अवरोध खडा भए उसको विकल्पको रूपमा आणविक हतियार प्रयोग गर्नबाट पछि नहट्ने रुसले चेतावनी दिएको हो । रुसले दिएको चेतावनीमा नाम नलिए अमेरिकाप्रति संकेत गरेको देखिन्छ ।

आणविक हतियार प्रयोग गर्ने चेतावनी दिइरहेको बेला आम सर्वसाधारणमा कुन देश आणविक हतियारमा शक्तिशाली होला भन्ने जिज्ञाशा रहनु स्वभाविक हो ।

आणविक हतियारको मामिलामा रुस नै विश्वको शक्तिशाली देश रहेको स्कटहोम इन्टरनेशनल पिस रिसर्च इस्टिच्युटले जनाएको छ । दोस्रोमा अमेरिका रहेको छ । यस्तै, चीन, फ्रान्स, पाकिस्तान, भारत र इजरायल क्रमशः तेस्रो, चौथो, पाँचौँ, छैँटौँ र सातौँ शक्तिशाली देश हुन् ।

इस्न्टिच्युटका अनुसार रुससँग ६ हजार २५५ वटा आणविक हतियार रहेको छ । जुन अमेरिकाको भन्दा झण्डै ७ सय बढी हो । अमेरिकासँग ५५५० वटा आणविक हतियार रहँदा चीनसँग भने निकै कम मात्र छ । चीनसँग ३५०, फ्रान्ससँग २९०, पाकिस्तानसँग १६५, भारतसँग १५६ र इजरायलसँग ९० वटा आणविक हतियार रहेको इस्न्टिच्युटले जनाएको छ ।