यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

यसरी मनाइयो टुँडिखेलमा सेना दिवस (फोटोफिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले आज सेना दिवस मनाएको छ । महाशिवरात्री तथा सेना दिवसका अवसरमा काठमाण्डुस्थित सैनिक मञ्च टुडिखेलमा आकर्षक सैनिक कौशल प्रदर्शनसहित विभिन्न कार्यक्रम आयोजना गरी सेना दिवस मनाइएको हो ।

सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सैनिक स्मारकमा पुष्पहार अपैण गरिन् । उनलाई सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटालगायत मन्त्री, सचिव, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि एवं विशिष्ट व्यक्तिको सहभागिता थियो ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय झण्डा र ब्यानर प्रदर्शन तथा पुष्टवृष्टि गरिएको थियो । सेनाले महाशिवरात्रि बढाइँ तथा कवाज एवं हातहतियार तथा यन्त्र उपकरण प्रदर्शन गर्दै विभिन्न संस्कृति झल्कने नृत्य एवं झाँकीसमेत देखाएको छ ।

तस्वीर : काठमाण्डुपाटी