काठमाण्डु – नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र अमेरिकी सहयोग परियोजना एमसीसी प्रस्ताव संसदबाट पास हुनुलाई ‘ठगी धन्दाको पर्दाफास’ भनेको छ ।
आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै एमालेले सरकारमै रहेर राष्ट्रघाती प्रस्ताव भन्ने र अन्तिममा तिनै दलले एमसीसी पास गर्नुलाई गठबन्धन सरकारको ‘ठगी धन्दाको पर्दाफास’ भएको बताएको हो ।
‘सरकारभित्रै रहेका दलले एमसीसी ठिक होइन, ठिक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाति’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिनमा हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्दा पर्दाफास भएको छ,’ एमालले भनेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने पनि बताए ।





प्रतिक्रिया