प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

प्रचण्ड र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र विवाद चर्किएपछि मंगलबार श्रेष्ठलाई भेट्न प्रचण्ड हात्तिवनस्थित उनैको निवासमा पुगेका हुन् ।

एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरूले पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना रहेपछि प्रचण्ड आफैँ गएको खुमलटार स्रोतको दावी छ ।