काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवा र प्रचण्डबीच बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । उनीहरुबीच एमसीसी पास भएपछिको अवस्था, स्थानीय निर्वाचन लगायत समसामयीक राजनीतिक विषयमा छलफल भएको स्रोतले बतायो ।
यसअघि आजै देउवा र एकीकृत समाजवादी अध्यक्ष माधव नेपालबीच पनि भेटवार्ता भएको छ । माधव नेपालले बालुवाटार पुगेर स्थानिय निर्वाचनबारे छलफल गरेको छन् । जनमोर्चा बाहिरिए पनि चार दलीय गठबन्धनले स्थानीय निर्वाचनमा तालमेल गरेर जाने रणनीति बनाएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी आगामी निर्वाचनसम्मै तालमेलसहितको गठबन्धन चाहन्छन् । तर चुनावी मोर्चाका लागि कांग्रेस भने अझै तयार भइसकेको छैन ।
एमसीसीको विपक्षमा रहेका प्रचण्ड माधव आगामी निर्वाचनसम्म गठबन्धन टिकाउन भन्दै एकाएक एमसीसीको पक्षमा उभिएका थिए । एमसीसी पास भएलगतै प्रधानमन्त्री एंव कांग्रेस सभापति समेत रहेका देउवाले सरकारको ध्यान अब निर्वाचनतिर रहेको बताएका थिए ।
प्रधानमन्त्रीले ध्यान निर्वाचनतिर भनेलगतै प्रचण्ड र नेपालले गठबन्धनको तालमेल सरकारलाई मात्र नभई अब क्रमश हुने तीनै तहको निर्वाचनमा हुनुपर्ने माग राखेका छन् । त्यहि तालमेल हुने भन्दै एमसीसी पास गर्न एकाएक सकरात्मक बनेका प्रचण्ड–नेपालले प्रधानमन्त्री देउवालाई भेटेर सम्झाएको स्रोत बताउँछ ।
स्रोतका अनुसार एमसीसी संसदबाट पास भएलगत्तै उनीहरुले नेपाली कांग्रेससँग चुनावी तालमेलको कुरा अगाडी बढाएका छन् । यता प्रधानमन्त्री देउवा र नेता रामचन्द्र पौडेलले चुनावी तालमेलबारे सकरात्मक आशा देखाएका छन् । तर, कांग्रेस भित्रको आवाज भने विपक्षमा रहेको छ ।
कांग्रसका अधिकांश नेताहरुले कांग्रेस एक्लै निर्वाचनमा जानु पर्ने बताइरहेका छन् । शेखर कोईराला, प्रकाशमान सिंह, शशांक कोईराला, गगन थापालगायतका नेताहरु कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने जोडमा छन् ।




प्रतिक्रिया