एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक फागुन २५ र २६ गते काठमाण्डुमा बस्ने छ ।

आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल गर्न बैठक बोलाइएको संगठन विभागका सचिव लक्ष्मण केसीले जानकारी दिए ।

उक्त बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन र महासचिव बेदुराम भुसालले सांगठानिक प्रतिवेदन पेश गर्ने तयारी रहेको उनले बताए ।

बैठकमा विभिन्न विभाग, निकाय र भूगोलका कार्ययोजना, रणनीति र कार्यक्रमबारे छलफल हुने सचिव केसीले बताए ।