काठमाण्डु – नेकपा माओवादी केन्द्र मोरङका मेयर, उपमेयरसहित करिब पाँच हजार नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनालसहित चार हजार ७ सय १० जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै पुगेर एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर, उपमेयरसहित ४ हजार ७ सय १० जना पार्टी प्रवेश गरेको एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
पार्टी प्रवेश गर्नेमा माओवादी केन्द्रबाटै निर्वाचित रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल पनि छन् ।




प्रतिक्रिया