संखुवासभा – सङ्खुवासभामा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मादी नगरपालिका–६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । पाँच जना घाइते भएका छन् ।
झापाको दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब साढे सात बजे तिर सङ्खुवासभाको मादी नगरपालिका–६ सातघुम्तीमा दुर्घटनामा परेको थियो । उक्त बसमा करिब २५ जना यात्रु रहको अनुमान छ। स्थानीयले ५ जनाको जीवितै उद्धार गरेका छन्। प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले अहिले पनि उद्धार कार्य जारी रहेको बताए ।




प्रतिक्रिया