नेविसंघ महामन्त्रीमा निराजन नेपालको दाबेदारी

नेविसंघ महामन्त्रीमा निराजन नेपालको दाबेदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-  कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को महामन्त्रीमा निराजन नेपालले दाबी गरेका छन् । लामो समय अधिवेशन हुन नसकेको नेविसंघमा गठन गर्न लागिएको तदर्थ समितिमा स्ववियु परिषद् अध्यक्ष समेत रहेका उनले महामन्त्रीमा दाबी गरेका हुन् ।

नेविसंघको अधिवेशन नभएको ६ वर्ष हुन लागेको छ भने गठन भएको तदर्थ समिति पनि विघटन गरिएको छ । नयाँ गठन गर्न लागिएको तदर्थ समितिमा उनले महामन्त्रीमा दाबी गरेका हुन् ।

उनले आफूले विद्यार्थी राजनीति र नेविसंघमा समेत निरन्तर सेवा गरेको र संगठन मजबुत बनाउनका लागि आफूले महामन्त्री पदमा दावी गरेको बताए । नेविसंघको अधिवेशनको पर्खाइमा आफूहरु रहेको भए पनि तदर्थ समिति गठन गर्ने पार्टीको निर्णयलाई स्वीकारेको बताएका उनले संगठनलाइ अझ दरिलो बनाउने कोसिसमा लाग्ने प्रतिबद्धता जनाए ।

लामो समयबाट विद्यार्थी राजनीतिमा सक्रिय रहेकाले आफूले महामन्त्रीको पद दाबी गरेको बताएका नेपालले स्ववियु परिषद् अध्यक्षको जिम्मेवारी वहन गरेकाले पनि आफ्नो दाबी पुग्ने बताए । आफूभन्दा धेरै लामो समयदेखिख सक्रिय रहेकाले उनीहरुलाई अध्यक्ष पदमा सहयोग गरेर आफूले महामन्त्रीको जिम्मेवारी निर्वाह गर्नेगरी दाबी गरेको नेपालको भनाइ छ ।

साथै उनले ३२ वर्षे उमेर हदबन्दीको निर्णयले धेरैलाई मारमा परेको गुनासो गरे । उमेरको हदबन्दी लगाउने भए नेविसंघको नेतृत्वमा रहेकालाई उचित स्थानको व्यवस्था गर्न उनले माग गरे ।

‘आफुले आफ्नो जीवन नै दिएपछि कुनै पदमा पुगेर सेवा गर्ने अवसरको थोरै लोभ सवैलाई हुन्छ । यो निर्णयले धेरैलाई निराश बनाउने पकै छ । नेविसंघको नेतृत्वमा उमेर हदबन्दी लगाउने भए उहाँहरुलाई पनि पार्टीमा उचित स्थानको व्यवस्था गरिनुपर्छ । उहाँहरुले राजनीतिमा दिएको योगदानको अवमूल्यन हुन नहुने र पार्टीले यसमा ध्यान दिनेमा विश्वास गर्छु,’ निराजन नेपालले भने ।