काठमाडौं – सरकार र अनसनरत डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल भएको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको दुई पक्षबीचको वार्तामा सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाइ बार्ता टोलि बाहिर निस्किएको थियो ।
यसकै विरोध स्वरुप अनशनरत डा. गोविन्द केसीको समर्थन गर्दै जुलुशमा उत्रिएका चिकित्सक र प्रहरीबीच बिहीबार झडप भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट शान्तिपूर्ण रुपमा प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो । शान्तिपूर्ण जुलुस बालुवाटारसम्म जाने कार्यक्रम चिकित्सक तथा विद्यार्थीले तय गरेको भए पनि गेटमै प्रहरीले हस्तक्षेप गरेको थियो ।
कित्सक तथा स्वास्थ्यकर्मीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए। चिकित्सकहरूलाई प्रहरीले शिक्षण अस्पताल महाराजगञ्जको गेट अगाडि नै रोकेको छ। केहीलाई लाठीचार्ज गरिएको थियो भने भने केहीलाई पक्राउ गरिएको थियो ।




प्रतिक्रिया