काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको बताएका छन् । नेपाल निजामति कर्मचारी संगठनको ११ औं अधिवेशननलाई काठमाण्डुमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
संसद्लाई निकम्मा बनाएर अहिलेको जस्तो भत्ता खानेबाहेक के काम गरेको छ पार्लियामेन्टले ?,’ उनले प्रश्न गरेका थिए ।
‘भत्ता खाने काम गरेको छ । मुद्दा लडेर फिर्ता ल्याएको संसद्ले के काम गर्छ विचरा ! सर्वोच्च अदालतले टिको लगाइदिएकाले सरकार बनाएका के काम गर्छन् विचरा,’ ओलीले भने ।
ओलीले थपे, ‘पुरानो जनादेशले काम गरेसम्म काम गर्नुपर्छ । त्यसले काम गरेन भने नयाँ जनादेशका लागि जनतामा जानुपर्छ र ताजा जनादेश ल्याउनुपर्छ ।’ प्रतिनिधिसभालाई ओलीले सरकारमा रहँदा दुई पटक विघटन गरेका थिए ।
यस्तै उनले कर्मचारीलाई सरकारी असहयोग नगर्न पनि आग्रह गरेका छन् । ‘यो सरकार ठिक छ कि छैन भनेर तपाईंहरूले छुट्याउने होइन, यो सरकारलाई पनि हामी ठिक लगाइहाल्छौं नि ।’




प्रतिक्रिया