काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल चीन जाने भएको छ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा प्रतिनिधिमण्डल कात्तिक २९ गते चीन प्रस्थान गर्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा छलफल हुने विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले भ्रमणलाई नेपाल–चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ।
जाने सांसदहरू
प्रतिनिधिमण्डलमा महामन्त्री आचार्यसहित गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनमकुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहनेछन्।


प्रतिक्रिया