जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन निर्देशिका पेस (पूर्णपाठ)

जसपाको केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचन निर्देशिका पेस (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका पेस गरिएको छ। आइतबार कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बसेको बैठकमा पार्टीका कार्यकारिणी समिति सदस्य नवराज सुवेदीले निर्देशिका पेस गरेका हुन् ।

उक्त निर्देशिकामा पार्टीको तर्फबाट स्थानीय तहको उम्मेदवार बन्नका लागि पार्टीको सिद्धान्त प्रति प्रतिवद्ध भएको हुनपर्ने, पार्टीमा संगठित र सक्रिय भएको हुनुपर्ने, स्वच्छ छविको हुनुपर्ने, भुगोल बुझेको हुनुपर्ने, समाजिक काममा सक्रिय भएको हुनुपर्ने लगायतका योग्यता प्रस्ताव गरिएको छ ।

त्यसैगरी उम्मेदवारको चयन स्थानीय तहबाट नै चयन गर्ने, पालिका तहबाट ३ जनाको नाममा छलफल गरी त्यसमध्ये एकजना उम्मेदवार चयन निर्देशिकामा उल्लेख गरिएको छ । शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।