माधव नेपालसहित १४ सांसदको पद खारेजीसम्बन्धी रिटको फैसला चैत २० मा हुने

माधव नेपालसहित १४ सांसदको पद खारेजीसम्बन्धी रिटको फैसला चैत २० मा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपालसहित १४ जनाविरुद्ध दायर गरेको रिटको पूर्ण सुनुवाइ चैत २० गते हुने भएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले अध्यक्षले ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसहित १४ जनाको सांसद पद, एकीकृत समाजवादी पार्टीको वैधानिकताविरुद्धको रिटको पूर्ण सुनुवाईका लागि चैत २० गतेको मिति तोकेकाे हाे ।

नेकपा एमालेले पार्टी विभाजन हुँदा सभामुख अग्निप्रसाद सापकोटाले असंवैधानिक कदम चालेको र अवैध तरिकाले माधवकुमार नेपालसहित १४ सांसदको पद जोगाएको भन्दै गत भदौ १७ गते सर्वोच्चमा रिट दायर गरेको थियो ।

लामो समय हेर्न नभ्याउने लगायतका सूचीमा परेको उक्त रिटमाथि फैसला हुन सकेको छैन् । नेकपा एमालेले आफुले कारबाही गरेका १४ संसदको पद खारेज नभएसम्म संसद अवरुद्ध जारी राख्ने अडान कायमै राखेको छ ।