प्रदेश सांसद पौड्यालसहित विवेकशील साझाका २६ केन्द्रीय सदस्य बर्खास्त

प्रदेश सांसद पौड्यालसहित विवेकशील साझाका २६ केन्द्रीय सदस्य बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विवेकशील साझा पार्टीले बागमती प्रदेश सांसद रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाएको छ ।

फागुन २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कार्यसम्पादन र केन्द्रीय समितिमा रहेर पनि पदीय जिम्मेवारी बहन नगरेको तथा पार्टीलाई लेबी पनि नतिरेको भन्दै २६ जनालाई केन्द्रीय सदस्यबाट बर्खास्त गरेको हो ।

बर्खास्त गरिएका सदस्यहरुले समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्‍याएको अध्यक्ष रवीन्द्र मिश्रले बताएका छन् ।

केन्द्रीय सदस्यबाट हटाइएकामा रमेश पौड्याल, केशव दाहाल, अनुषा थापा, आशुतोष तिवारी, पुकार बम, हरिशप्रसाद भट्ट, रविना अम्गाईं, सुरेश भट्ट, सुदन मानन्धर, सुरेश अर्याल, सिर्जना खड्का, सरोज गौतम, शिशिर बन्जारा, विमल तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, कमलेश्वर पाठक, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री, भरतराज पन्त, धर्म मानन्धर, मनिष खनाल, मुना अधिकारी, भुपदेव शाह छन् ।