बलात्कार आरोप लागेका एमाले नेता बानियाँ धरौटीमा छुटे

बलात्कार आरोप लागेका एमाले नेता बानियाँ धरौटीमा छुटे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बलात्कार आरोप लागेपछि प्रहरी हिरासतमा रहेका एमालेका सांसद मोहन बानियाँ धरौटीमा रिहा भएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश ईश्वरी भट्टराईको इजलासले निलम्बित सांसद बानियाँलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

गत माघ १९ गते लामो समयदेखि मित्रवत सम्बन्धमा रहेकी छिमेकी जिल्ला जुम्लाकी ४० वर्षीया शिक्षिकालाई नेपालगञ्जको एउटा होटलमा पैसा फर्काउने वचनसहित बोलाएर “सहमतिमै बलात्कार” गरेको उजुरी थियो । माघ २७ गते बाँके जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी फागुन १६ गते पक्राउ परेका थिए ।