कांग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग मिल्नुपर्ने परिस्थिति आउन सक्छ : प्रचण्ड

कांग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग मिल्नुपर्ने परिस्थिति आउन सक्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अधयक्ष पुपष्कपल दाहाल प्रचण्डले नेकपा एमालेसँग चुनावी तालमेल गर्ने कुनै सम्भावना नहरेको दावी गरेका छन् ।

प्रेस सेन्टर नेपाल रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेसँग कुनै पनि हालतमा चुनावी तालमेल हुने सम्भावना नरहेको बताएका हुन् । तर उनले कांग्रेसको व्यवहारले फरक पार्ने समेत प्रस्ट पारे ।

‘एमालेसँग तत्काल कुनै तालमेल हुने सम्भावना छैन । त्यो प्रवृत्तिसँग हाम्रो तालमेल हुँदैन । तर, यो भनिरहँदा राजनीतिमा असम्भ्व भन्ने पनि केही हुँदैन । हामी कांग्रेसको व्यवहार पनि हेर्छौ,’ उनले भने, ‘हामीले प्रतिगमनविरुद्ध मिलेर गठबन्धन बनाएर अघि बढेका छौं । तर, केही कांग्रेसका नेताहरुले भने माओवादीसँग मिल्नै सकिन्न भनिरहेका छन् । कांग्रेसले लखेट्नै थाल्यो भने त परिस्थिति के हुन्छ भन्न सकिँदैन ।’