एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरु भएको छ ।

बानेश्वरस्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनमा जनपरिचालन अभियान, घोषणापत्र निर्माण, प्रचार कार्ययोजनाको तयारी, विभागको पूर्णता लगायतका एजेन्डामा छलफल हुने पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले अझै केही स्थानीय तहमा पार्टी कमिटी निर्माण नै बाँकी रहेको भन्दै कमिटी निर्माणलाई नै चुनावी अभियानको रुप दिने बताएको छ ।