काठमाण्डु – जनकपुर इन्जिनियरिङ कलेजले ९ जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त कुपण्डोलमा रहेको जनकपुर इन्जिनियरिङ कलेजले नेपाल आविष्कार केन्द्रको पहलमा ५ जनालाई सिभिल र ४ जनालाई कम्प्युटर इन्जिनियरिङमा ५० प्रतिशत छात्रावृत्ति दिन लागेको हो ।
सिभिल इन्जिनियरिङका लागि ३२ लाख र कम्प्युटर इन्जिनियरिङको लागि २० लाख छात्रावृत्ति दिने कलेजले जनाएको छ । नेपाल आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई कलेजमा सम्पर्क गर्न आग्रह गरेका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थानले लिने प्रवेश परीक्षामा उत्तिण विद्यार्थीले छात्राबृत्तिको लागि दावी गर्न सक्ने कलेजका प्रिन्सिपल इन्जिनियर सागर श्रेष्ठले बताए ।




प्रतिक्रिया