अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार हुनुपर्छ : राप्रपा

अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीलाई मतदान अधिकार हुनुपर्छ : राप्रपा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्नुपर्ने जनाएको छ । विदेशमा श्रम, सीप र ज्ञानको उपयोगमार्फत आर्जन गरी पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान पुगेको र योगदानकर्ता उनीहरूको मताधिकार सुनिश्चित गर्नुपर्ने तर्क राप्रपाले अघि सारेको हाे ।

पार्टी प्रवक्ता सगुनसुन्दर लावतीले अर्थतन्त्रमा योगदान गर्ने विदेशस्थित नेपालीहरूको भूमिका देशको शासन व्यवस्थामा मताधिकारबाट हुनुपर्ने बताएका हुन् ।

‘विदेशमै रहेर पनि मतदान गर्ने अधिकार उन्नत प्रजातान्त्रिक मुलुकहरूमा छ, देशको शासन व्यवस्था सञ्चालनमा भूमिका छ र नेपालमा पनि हुनुपर्छ’, लावतीले भने । वर्तमान निर्वाचन प्रणालीअनुसार विदेशमा रहेका नेपालीहरूलाई मतदान अधिकार छैन ।