१६ औं शताब्दीमा हराएका साँस्कृतिक सामाग्री नेपाललाई हस्तान्तरण

१६ औं शताब्दीमा हराएका साँस्कृतिक सामाग्री नेपाललाई हस्तान्तरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- लण्डन महानगरीय प्रहरी कार्यालयका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई नेपालका दुई साँस्कृतिक सामग्री हस्तान्तरण गरेका छन् ।

नेपाल फिर्ता गर्न लागिएका कला कृतिहरुमा सोह्रौं शताब्दीको काठको तोरना र अठारौं शताब्दीको नमस्कार मुद्रामा घुँडा टेकेका एक भक्तकोे ढुङ्गाको मूर्ति छन् ।

तीमध्ये तोरना सन् १९८०–१९९० को दशकमा काठमाण्डुको हनुमानढोका दरबार स्क्वायरको पूर्वपट्टि रहेको कुमारी बहाबाट हराएको थियो ।  त्यस्तै, घुडाँ टेकेका भक्तको मूर्ति काठमाडौंको ओम बहालनजिकैको मन्जुश्री मन्दिरको बताइएको छ । सो मूर्ति सन् १९८० को दशकमा हराएको थियो ।

सो अवसरमा राजदूत आचार्यले नेपालबाट हराएका कला बस्तुको  खोजीमा संलग्न महानगरीय प्रहरी र कला तथा पुरातात्विक वस्तु इकाइका सबै पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरे ।