शनिबार १७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार १७ जनामा कोरोना संक्रमण पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५४३ जनामा परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज कोरोना संक्रमणबाट थप कुनै पनि व्यक्तिको मृत्यु भएको खबर छैन भने ४०९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या ३ हजार ५९५ रहेको छ ।