काठमाण्डु- स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ताअघि जनप्रतिनिधिहरुले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको उक्त व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
जनप्रतिनिधिहरुले पदमा वहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चले निर्वाचन आयोग र सरकारलाई यस्तो आचारसंहिता निर्माण गर्नुको आधार र कारण लिखित रुपमा पेस गर्नसमेत भनेको छ। आयोगले जनप्रतिनिधिहरुले पुनः निर्वाचनमा उम्मेदवार बन्दा राजीनामा दिएर मात्रै उम्मेदवार बन्न पाउने गरी निर्वाचन आचारसंहिता जारी गरेको थियो ।




प्रतिक्रिया