उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनु पर्छ : गगन थापा

उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनु पर्छ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनु पर्ने बताएका छन् ।

बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी संघ केन्द्रीय समितिको १२औं राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा बोल्दै महामन्त्री थापाले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनु पर्ने दावी गरेका हुन् ।

ऐन बनाएर उच्च शिक्षामा कसले कति लगानी गर्ने, विश्वविद्यालय कसरी चलाउने, नयाँ विश्वविद्यालय खोल्ने, नखोल्ने र शिक्षाको सम्बन्धमा संघ र प्रदेशको जिम्मेवारी के–के हुने भन्ने विषयमा छलफल हुनुपर्ने उनले जानकारी दिएका छन् ।