काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ५ हजार ३९६ जनामा परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज देशभर २६९ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया