उत्कृष्ट कार्य गरेबापत बझाङका स्वास्थ्यकर्मी नारायण जोशी सम्मानित

उत्कृष्ट कार्य गरेबापत बझाङका स्वास्थ्यकर्मी नारायण जोशी सम्मानित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जिल्ला स्वास्थ्य कार्यालय बझाङका टिबी फाेकल पर्सन नारायण जोशी सम्मानित भएका छन् । बिहीबार बिश्व क्षयरोग दिवस २०७८ को अवसरमा दिर्घ रण समुन्द्र बम फाउन्डेसन नेपालले क्षयरोग नियन्त्रण कार्यक्रममा उत्कृष्ट काम गरेबापत जाेशीलाई सम्मान गरेकाे हाे।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले जाेशीलाई कदरपत्र सहित सम्मान गरेका हुन् । परिस्थिति अनुकुल नगारिकप्रति संवेदनशील रही स्वास्थ्यकर्मी जोशीले स्वास्थ्य क्षेत्रको माध्यमबाट पुर्‍याएको महत्वपूर्ण योगदानको उच्च मुल्यांकन गर्दै उनलाइ सम्मान गरीएको हो ।