काठमाण्डु – नेपाल आदिवासी जनजाती महासंघको १०औं राष्टिय महाधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । नवलपरासीको कावासोतीमा सम्पन्न महाधिवेशनले गेल्जे लामा शेर्पाको नेतृत्वमा महासंघको नयाँ कार्यसमिति चयन गरेको हो ।
जसअनुसार महासंघको वरिष्ठ उपाध्यक्ष बुद्द घर्ति भुजेल निर्विरोध चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा युवराज जिरेल, ध्यानी उराँव, क्षेत्रबहादुर थकाली, गम्भिर सिंह गुरुङ भोटे, लाक्पा शेर्पा (ढोक्या), लहरी जिमी र श्रुती कुमाल निर्वाचित भएका छन ।
त्यसैगरी महासचिवमा दिवस राई निर्वाचित भएका छन् । महाधिवेशनबाट उपमहासचिवमा रामकृष्ण लामा ब्लोन तामाङ चुनिएका छन । ८ जना सचिव निर्विराध निर्वाचित गरेको महाधिवेशनले विमल सारु मगरलाई कोषाध्यक्षमा चयन गरेको छ भने रिदार नोसाङ भोटे सहसचिवमा निर्विरोध निर्वाचित भएका छन ।





प्रतिक्रिया