काठमाण्डु – चिनियां विदेशमन्त्री वाङ यी काठमाण्डु आइपुगेका छन् । उनी शुक्रबार अपराह्न पाैने ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका छन् । वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् । वाङले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानदेखि मात्रै गर्नेछन्।
उनलाई परराष्ट्रमन्त्री डा. नारायण खड्काले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । शनिबार बिहानै शिवपुरी हाइकिङमा जानेछन् भने त्यसपछि सिंहदरवारमा परराष्ट्रमन्त्री डा. खड्का र यीबीच द्विपक्षीय वार्ता हुनेछ ।
शनिबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र भ्रमणको तेस्रो दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट र पूर्वप्रधानमन्त्रीहरूसँग राजनीतिक भेटघाट गर्नेछन् ।
चिनियां विदेशमन्त्री वाङ बिहिवार अफगानिस्तान,भारत हुंदै नेपाल पुगेका हुन् । वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए ।




प्रतिक्रिया