एनआरएन सत्ययुग हुँदै कलियुगमा प्रवेश गर्‍योः पूर्वअध्यक्ष भट्ट

एनआरएन सत्ययुग हुँदै कलियुगमा प्रवेश गर्‍योः पूर्वअध्यक्ष भट्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- गैर-आवासीय नेपाली महासंघ (एनआरएनए)का पूर्वअध्यक्ष भवन भट्टले संगठन कलियुगमा प्रवेश गरेको भन्दै अध्यात्मक तरिकाले व्याख्या गरेका छन् ।

काठमाण्डुमा जारी १०औँ महाधिवेसनलाई सम्बोधन गर्दै संस्थापक अध्यक्ष उपेन्द्र महतोको पालामा एनआरएन सत्ययूगमा रहेको र अहिले कलियुगमा प्रवेश गरेको उनको तर्क छ ।

‘‘एनआरएन स्थापना गर्दैगर्दा उपेन्द्रजीको पालामा सत्ययुगमा थियो, जीवाजीको पालामा चुनाव भएन त्यसलाई तेत्रायुग नै मानौं,’ भट्टले भने, ‘मेरो पालामा शेषजीसँग निर्वाचन भयो, त्यसलाई द्धापर युग मानौं, अहिले विवाद देख्दा कलियुग जस्तो लागेको छ ।’

यद्यपि, एनआरएन संस्था पवित्र उदेश्यका साथअघि बढेकाले विचलित नभइकन एनआरएनको एकताका लागि पहल गर्न उनले आह्वान गरेका छन् ।