एनआरएनएमा अब ३ जना अध्यक्ष बन्ने, को-को हुँदैछन् ?

एनआरएनएमा अब ३ जना अध्यक्ष बन्ने, को-को हुँदैछन् ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन जना अध्यक्ष बन्ने भएका छन् । शनिबार काठमाण्डुमा जारी एनआएरनएको दशौँ महाधिवेशनमा अध्यक्ष कुमार पन्तले राखेको प्रस्ताव हलबाट पारित भएसँगै तीनजना अध्यक्ष बन्ने भएका हुन् ।

नेतृत्व छान्न ७ जनाको अध्यक्ष मण्डल कमिटी गठन गर्ने प्रस्ताव पनि महाधिवेशनले गरेको जनाइएको छ । जसअनुसार रविना थापा, कुल आचार्य र बद्री केसी अध्यक्षमा चयन हुने स्रोतको दावी छ । दुई दिनसम्म चल्ने सम्मेलनमा संघका महासचिव डा. हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका छन् ।

त्यसैगरी अध्यक्ष पन्तले निवर्तमान संरक्षक शेष घलेले राखेको प्रस्तावलाई ठाडै अस्विकार गरेको बताएका छन् । १ सय जना बिच प्रतिनिधि भित्र मात्रै मतदान प्रक्रिया अपनाएर नेतृत्व चयन गर्ने घलेले राखेको प्रस्ताव अस्विकार गरेको जनाएका हुन । पुर्व अध्यक्ष घलेको नाम नै नलिई अध्यक्ष पन्तले एनआरएन फुटाउने उनको प्रयास पनि असफल भएको दावी गरेका छन ।

‘हिजो अस्ति केही दिन अघि पनि गैर आवसीय संघको महाधिवेसन भनेर आयोजना गरिएको थियो, त्यसलाई जोक सम्झिए पनि सम्झनुहोस,’ पन्तले उदघाटन सत्रमा भने, ‘त्यहाँ रहेका साथीहरुले यो संगठनलाई फुटाउन दिनुभएन, तपाईले पहलकदमी गर्नुहोस भन्नु भयो, उसो भए मैले केही गर्नुपर्छ भनेर सोध्दा निवर्तमान प्रमुख संरक्षकज्यूलाई भेटेर कुरा गर्नुहोस भन्ने सुझाव आयो ।’