ओली र प्रचण्डलाई पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

ओली र प्रचण्डलाई पालैपालो भेट्दै चिनियाँ विदेशमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्दै छन् ।

ओलीले बिहान ११ः१० बजे विदेशमन्त्री यीसँग होटल मेरियटमा भेटवार्ता गर्ने भएका हुन् । ओलीले नेपाल–चीन द्विपक्षीय हितबारे छलफल गर्ने भएका हुन् ।

यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विदेशमन्त्री यीसँग भेटवार्ता गर्ने भएका छन् । भेटवार्ता बिहान ११ः४५ बजे हुँदैछ ।

उनले पनि नेपाल–चीन द्विपक्षीय हितसँगै बिआरआईबारे छलफल गर्नेछन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग विदेशमन्त्री यीको भेट भइसकेको छ ।