काठमाण्डु- महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजकुमार यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले यादवलाई पार्टी प्रवेश गराएका हुन् ।
उनले लोकतन्त्र र स्थायित्व दिने पार्टी कांग्रेस मात्रै भएकाले आफू कांग्रेसमा प्रवेश गरेको दावी गरे । ‘नेपाली कांग्रेस मात्रै लोकतन्त्र, स्थायित्व दिने पार्टी हो । त्यसैलाई आत्मसात् गरेर कांग्रेस प्रवेश गरेको हुँ,’ उनले भने ।




प्रतिक्रिया