कांग्रेस, माओवादी र लोसपाका मेयर-उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश

कांग्रेस, माओवादी र लोसपाका मेयर-उपमेयरसहित चार वडाध्यक्ष एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो समय मधेश प्रदेशमा नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा सत्तारुढ गठबन्धनमा रहेका महोत्तरीका विभिन्न स्थानीय तहबाट निर्वाचित प्रमुख, उपप्रमुख र वडाध्यक्षहरू एमालेमा प्रवेश गरेका छन् ।

यसै क्रममा आज महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेख फारुख एमाले प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रबाट बिजयी बनेका फारुखी मुलुक र मधेशको समृद्धिमा एमालेको बिकल्प नभएको निश्कर्षसहित आज अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमै पुगेर एमाले प्रवेश गरेका हुन् ।

उनीसँगै लोकतान्त्रिक समाजवादी (लोसपा)बाट निर्वाचित जलेश्वर नगरपालिकाकी उपमेयर मनचुन देवी, महोत्तरी जिल्ला कमिटी सदस्य बिश्वेश्वर महतो पनि एमाले प्रवेश गरेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसका नेताहरु रामगोपालपुर नगरपालिका ४ का वडाध्यक्ष उमेश महतो, वडा–४ का वडाध्यक्ष जयनारायण मण्डल र लोहारपट्टी नगरपालिका ८ का वडाध्यक्ष रामबाबु यादव पनि एमाले प्रवेश गरेका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रबाट निर्वाचित रामगोपालपुर नगरपालिका ८ का रामबिलास मण्डल पनि बालकोट पुगेर एमाले प्रवेश गरेका छन् । उनीहरुसहित सिंगो टीमलाई एमाले अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।