पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) सँग भिड्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले बलिङ रोजेका छन् ।

नेपाल आज घरेदु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा ब्यहोरेको क्लिन स्विप हारको बदला लिने सोचमा छ भने पीएनजी पनि सुखद् सुरुवातको खोजीमा छ ।

नेपाल र पपुवा न्युगिनीबीच हालसम्म एक मात्र टि२० आई खेल भएको छ । २०१५ को टिढ२० विश्वकप ग्लोबल छनोटमा पपुवा न्युगिनीले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । तर, घरेलु मैदानमा टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको प्रदर्शन राम्रो रहेको छ ।

नेपाली टोलीः
सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, आसिफ शेख, करण केसी, अभिनाश बोहरा, विवेक यादव, दीलिप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी ।