काठमाण्डु- शेयर बजार नेप्से परिसुचक सोमबार पनि दोहोरो अङ्कले ओरालो लागेको छ । आज नेप्से सोमबार २९.९८ अङ्कले ओरालो लागेर २५४२.२८ बिन्दुमा झरेको हो ।
आज सोमबार नेप्सेका १३ वटै उपसूचकमा गिरावट देखिएको छ । व्यापार समूह सबैभन्दा बढी २.४६ अङ्कले ओरालो लागेको छ । यस्तै, फाइनान्स समूह २.३६ प्रतिशतले ओरालो लागेको छ ।
जीवन बीमा समूह पनि २.३१ प्रतिशतले ओरालो लागेको छ । बजार घटेपनि आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् ।




प्रतिक्रिया