स्थानीय तहको चुनावमा आवश्यकता अनुसार तालमेल गर्छौँ: महामन्त्री शर्मा

स्थानीय तहको चुनावमा आवश्यकता अनुसार तालमेल गर्छौँ: महामन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार तालमेल गर्ने बताएका हुन् ।

त्यसैगरी उनले मंगलबार ट्वीटरमार्फत तालमेल कहाँ आवश्यक छ/छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको बताएका छन् । ‘कहीँ एक्लै जित्ने, कहीँ तालमेल रणनीतिक बिषय हो ।’ तालमेल कहाँ आवश्यक छ/छैन निश्चित गर्न स्थानीय समिति सक्षम रहेको छ ।’, उनले ट्वीटमा लेखेका छन् ।

एक्लाएक्लै लड्ने अवस्था नभए वामगठबन्धन रोक्न सक्नुपर्नेमा उनले जोड दिए । ‘भावनात्मक आवेग र वस्तुगत यथार्थ फरक हुन्छ, परिस्थिति बदल्न स्थितिको आँकलन जरुरी हुन्छ। कोहि बलियो भएर कसैका विरुद्ध तालमेल जरुरी होइन । संविधान रक्षा, स्थिरता, सुशासन र समृद्धिको सहयात्रा बलियो बनाउने प्रश्न हो।’ शर्माले ट्वीटमा लेखेका छन् ।