न्यायाधीश श्रेष्ठले भने- न्यायालयको अवस्था यही रहे जनताले अदालतमा ढुंगा हान्छन्

न्यायाधीश श्रेष्ठले भने- न्यायालयको अवस्था यही रहे जनताले अदालतमा ढुंगा हान्छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । मंगलबार बसेको समितिको बैठकले सर्वसम्मत रुपमा श्रेष्ठको नाम अनुमोदन गरेको हो ।

न्यायाधीश श्रेष्ठले न्यायालय अहिले कै गतिमा बिग्रँदै जाने हो भने जनताले अदालतमा ढुंगा हान्ने दिन आउने बताएका छन् । न्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइको क्रममा अगामी दिनमा पनि न्यायालय हाल कै गतिमा बढे जनताले अदालतमा ढुंगा हान्ने दावी गरेका हुन् ।

श्रेष्ठले भने, ‘न्यायालय यही गतिमा बिग्रँदै जाने हो भने जनताले अदालतमा ढुंगा हान्छन् । धन्न हाम्रो सर्वोच्च अदालतमा जनताले ढुंगा हानेका छैनन् हानेको दिन के हुन्छ?’

उनले सर्वोच्च अदालतमा हाल पेशीका लागि कायम गरिएको गोलाप्रथा प्रणाली उपयुक्त नरहेको बताए । श्रेष्ठले भने, ‘गोला लागु गर्दै जाने हो भने केही वर्षमै उच्च र जिल्ला अदालतको हालत पनि सर्वोच्चको जस्तै हुन्छ । निश्चय नै गोलाप्रथापछि तत्कालका लागि सेटिङ कम भएको छ तर यो अन्तिम समाधान होइन । केही वर्षमै यो प्रथा हटाउनु परो भनेर वकिल र सेवाग्राही नै आउँछन् ।’