राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनीत

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा ज्ञानेन्द्र शाही मनोनीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाही पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत भएका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई केन्द्रीय कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।

हाम्रो नेपाल हामी नेपाली अभियान र राप्रपाबीच भएको सम्झौता र पार्टी विधान बमोजिम शाहीलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरिएको लिङ्देनले बताए ।

यसअघि मंगलबार लिङ्देनले कार्यसम्पादन समितिमा २० जनालाई मनोनीत गरेका थिए । ३३ सदस्यीय हुने कार्यसम्पादन समितिमा अब ११ जना मनोनीत गर्न बाँकी छ ।