काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबिना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् ।
बुधबार भक्तपुरको सूर्यविनायकस्थित सूर्यविनायक हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताएका हुन् । साथै उनले सत्ता गठबन्धन एक–एक किलोका ५ किलो र एमाले एक्लै एक क्विन्टलको ढक बराबर रहेको बताए ।
‘नेकपा एमाले क्विन्टलको ढक हो । एक्लै एमालेसँग लड्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘अब हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले कसरी चुनाव लड्ने ? त्यसैले अब बल्ल हैसियत मिलेको छ ।’
एमालेमा देशभर पार्टी प्रवेशको जनलहर आइरहेको देखेर अन्य दल त्रसित भइरहेको बताए । ‘अन्य दलका नेता कार्यकर्ता रित्तिन लागेका छन् । हाम्रो पार्टी भरिन लागेको छ । यो जनलहर आगामी चुनावमा एमालेलाई विजयी गराउनको लागि हो,’ अध्यक्ष ओलीले भने ।




प्रतिक्रिया