सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ८ सयले बढेर ९९ हजार ७ सय तोकिएको छ ।

पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९८ हजार ९ सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार २०० छ । यसको मूल्य बिहीबार प्रतितोला ९८ हजार ४ सय थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १०ले बढेर एक हजार ३६० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३६ डलर आसपास कारोबार भइरहेको छ ।