काठमाण्डु नेकपा एमालेबाट निष्कासित १४ सांसदविरुद्धको मुद्दामा आइतबार पूर्ण सुनुवाइका लागि पेसी तोकिएकोमा विपक्षीले स्थगित गर्न निवेदन पेस गरेको छ ।
न्यायाधीश अनिलकुरमा सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको पूर्ण सुनुवाइ स्थगित गर्न माधव नेपालसहित १४ सांसद पक्षका वकिलबाट निवेदन पेस भएको हो । पूर्ण सुनुवाइका लागि तोकिएको इजलास ‘कम्फटेबल’ नभएपछि आजको सुनुवाइ स्थगित गर्न खोजिएको जनाइएको छ । कुनै एउटा पक्षले स्थगनको माग गर्दा सुनुवाइ रोकिन सक्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट अलग हुनु अघि नै नेपालसहितका १४ जना सांसदहरुलाई दलबाट कारवाही गरेका थिए । तर, सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको कारवाहीको सूचना जारी नगरेपछि एमाले अध्यक्ष ओलीले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
सो रिट निवेदनमाथि सर्वोच्चले आजदेखि सुनुवाइ गर्न लागेको हो । एमालेले १४ सांसदलाई गरेको कारबाहीलाई एजेण्डा बनाएर लामो समयदेखि प्रतिनिधिसभाको बैठक पनि अवरुद्ध गर्दै आइरहेको छ ।




प्रतिक्रिया