सप्तरीमा पेट्राेलकाे चरम अभाव, प्रतिलिटर ३५० तिर्न बाध्य उपभाेक्ता

सप्तरीमा पेट्राेलकाे चरम अभाव, प्रतिलिटर ३५० तिर्न बाध्य उपभाेक्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी- राजविराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिवार पेट्रोल खोज्न निस्के। नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्राेलकाे ३२० तिरेर तत्काल काम चलाए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ। राजविराज- १ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए । बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्राेलियम पदार्थकाे अभाव भएको स्थानीय पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दाेलनरत पक्षसहित सराेकारवालबीच सहमति भएकाले अब पेट्राेलियम पदार्थ सहज हुने आशा गरिएकाे छ ।