स्थानीय निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल हुने, वार्ता समिति गठन

स्थानीय निर्वाचनमा एमाले र राप्रपा नेपालबीच तालमेल हुने, वार्ता समिति गठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले र कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच चुनावी तालमेल हुने भएको छ । त्यसका लागि एमाले र राप्रपाले वार्ता समिति गठन गरेका छन् ।

एमालेको तर्फबाट देवेन्द्र दाहाल र राप्रपाको तर्फबाट महामन्त्री सुशील कुमार श्रेष्ठकाे नेतृत्वमा वार्ता समिति बनाइएको महामन्त्री श्रेष्ठले जानकारी दिए । उनले आगामी बैशाख ३० गते हुने चुनावी तालमेलका लागि एमाले अध्यक्ष केपी ओली र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच तीन चरणमा भएकाे वार्तापछि सहमति भइसकेको बताए ।

आफ्नो पार्टी नयाँ भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्था नरहेको उनको भनाइ छ । तर, विगत राप्रपामा हुँदाको निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्रपा नेपालको प्रभाव रहेको दाबी गर्दै उनले यस्ता स्थानीय तह तथा वडाहरूमा चुनावमा भाग लिने तथा तालमेल गर्नेगरी छलफल भइरहेको बताए ।

‘एमालेसँग हाम्रो एलाइन्स हुन्छ । एमाले अध्यक्ष ओलीजी र कमल थापाबीच दुई–तीन राउण्ड कुराकानी भएर सहमति भइसकेको छ,’ उनले भने । उनले थप विषयको टुंगो लगाउनका लागि वार्ता गर्न एमालेको तर्फबाट देवेन्द्र दाहाल र पार्टीको तर्फबाट आफूलाई जिम्मेवारी प्राप्त भएको बताए ।