तानातानमा भरतपुर महानगर : मेयर पद माओवादीलाई नछाड्ने कांग्रेसको निर्णय

तानातानमा भरतपुर महानगर : मेयर पद माओवादीलाई नछाड्ने कांग्रेसको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेस चितवनले स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद नछाड्ने निर्णय गरेको छ ।

आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने निर्णय गरेको हो । चितवन जिल्ला सभापति राजेश्वर खनालले बैठकमा भरतपुरको मेयर पद अन्य दललाई नदिने निर्णय भएको जानकारी दिए । ‘हामी केन्द्रीय गठबन्धनको बिरोधी त होइन । तर, भरतपुर महानगरको मेयर पद छाड्न सकिन्न भन्ने साझा निश्कर्ष रह्यो,’ उनले भने ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ ।

सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सभापतिसहितको बैठकले दिएको सुझावका आधारमा जिल्ला समितिले मेयर पद नछाड्ने निर्णय गरेको खनालको दावी छ ।