माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा चैत २७ मा अन्तिम सुनुवाइ हुने

माधव नेपालसहित १४ सांसदविरुद्धको मुद्दामा चैत २७ मा अन्तिम सुनुवाइ हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनमा चैत २७ गतेका पेसी तोकिएको छ ।

आइतबार न्यायाधीश नहकुल सुवेदीले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको उक्त मुद्दामा हेर्न नमिल्ने बताएपछि मुद्दाको सुनुवाइ सरेको हो । इजलासमा पक्ष र विपक्षका कानुन व्यवसायी बहसका लागि पुगेपछि न्यायाधीश सुवेदीले मुद्दा आफूले हेर्न नमिल्ने जानकारी गराएका थिए ।

उनले यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले यस मुद्दाको सुनुवाइमा बस्न नमिल्ने बताएका हुन् ।

उनले इजलासमा नबस्ने भनेपछि निवेदकका कानुन व्यवसायीहरुले इजलासबाट सुनुवाइको मिति तोकिनुपर्ने माग गरेका थिए ।