परराष्ट्रमन्त्रीको प्रस्टीकरण : देउवा पार्टी सभापतिको हैसियतमा भाजपा कार्यालय जानुभएको हो

परराष्ट्रमन्त्रीको प्रस्टीकरण : देउवा पार्टी सभापतिको हैसियतमा भाजपा कार्यालय जानुभएको हो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – परराष्ट्र मन्त्री नारायण खड्काले शेरबहादुर देउवा प्रधानमन्त्रीको रुपमा नभइ कांग्रेस सभापतिको रुपमा भाजपा कार्यालय भ्रमणमा गएको तर्क गरेका छन् ।

तीन दिने भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसटँग कुरा गर्दै मन्त्री खड्काले देउवा सभापतिको रुपमा सत्तारुढ भारतीय जनाता पार्टी (भाजपा) को कार्यालयमा पुगेको दाबी गरेका हुन् ।

प्रधानमन्त्री कुटनीतिक मर्यादामा नरहेको विषयको खण्डन गर्दै उनले सभापति भएको नाताले कांग्रेसले दुवै देशसँग मैत्री पूर्ण सम्बन्ध राखेको बताए ।

चीनको कम्युनिस्ट पार्टीका साथमा भारतीय कांग्रेस र भाजपासँग कांग्रेसको राम्रो सम्बन्ध रहेको बताए । देउवा कांग्रेस सभापतिको रुपमा सम्बन्ध कायम राख्न भाजपा कार्यालय पुगेको उनको भनाइ छ । साथै उनले प्रधानमन्त्री देउवाको भ्रमणले नेपाल भारत सम्बन्धलाई थप नयाँ उचाईमा पुर्‍याउने बताए ।

’दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रधानमन्त्रीको भ्रमणले नयाँ उचाइमा पु¥याउन महत्वपूर्ण भयो’ खड्काले भने, ’कोभिडका कारण उच्चस्तरीय भ्रमण भएका थिएनन्, यो भ्रमणले नेपालको छिमेकीसँगको बहुआयामिक सम्बन्ध प्रगाढ र नयाँ उचाइमा पु¥याउने कुरामा प्रधानमन्त्री जोड दिनु भएको छ ।’