प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्न गठबन्धन : अध्यक्ष प्रचण्ड

प्रतिगमन र प्रतिक्रियावादीलाई परास्त गर्न गठबन्धन : अध्यक्ष प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमन र प्रतिक्रियावादीहरुलाई परास्त गर्न गठबन्धनको जरुरत भएको बताएका छन् । आज महोत्तरीको बर्दिबास र गौशाला नगरपालिकाले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा पुगेर उनले यस्तो बताएका हुन ।

माओवादी केन्द्र संविधान र संघीयताको रक्षाको लागी निरन्तर लागीपरेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘केपी गुटले सुरु गरेको प्रतिगमनलाई त अन्त्य ग¥यौ तर प्रतिगमनको खतरा अझै बाँकी छ ।’

अध्यक्ष प्रचण्डले केपी गुट नै प्रतिगमनको पक्षमा रहेको बताए । नेकपा एमालेले महत्त्वपूर्ण विषयहरुलाई समेत बेवास्ता गर्दै निरन्तर संसद अवरुद्धमा लागेको बताउँदै कतिपय मधेशका मुद्दाहरु समेत ओझेलमा पर्नु मुख्य कारक एमाले नै भएको उनको जिकिर छ ।

मधेश प्रदेशमा मुख्य समस्याको रुपमा रहेको नागरिकताको मुद्दालाई समेत माओवादी केन्द्रले बोकिरहेको अध्यक्ष प्रचण्डको दावी छ । अध्यादेशमार्फत नागरिकताको मुद्दा टुंग्याउन प्रधानमन्त्री शेरवहादुरसँग पटक–पटक छलफल भएको बताउदै सकेसम्म चाडै टुंग्याउनेतर्फ उन्मुख भैरहेको उनले बताए ।

अहिले देशमा माओवादीको नीतिअनुरुप संघीयता कार्यान्वयन भैरहेको बताउँदै उनले भने, ‘जसको नीति त्यसको नेतृत्व नहुँदा तपाईहरुलाई अचम्म लागेको होला तर हामी संविधान रक्षाको लागि जस्तोसुकै त्याग गर्न पनि तयार छौ ।’

प्रतिगमन र प्रतिक्रियावादीहरुलाइ परास्त गर्न माओवादीले थुप्रै प्रधानमन्त्री बनाउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ ।प्रतिगमनकारीहरु अझै माओवादीलाई सिध्याउन लागिपरेको बताउँदै उनले भने, ‘जनयुद्धको बेला पनि कसैले बयलगाडा चढेर अमेरिका जानू र गणतन्त्र स्थापना हुनु उस्तै भएको बताउँथे ।’

१० बर्षसम्म जनयुद्धले गरेको उपलव्धीलाई समाप्त पार्न कतिपय थुप्रै पटक लागी परेता पनि त्यो परिकल्पना पुरा हुन नसक्ने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी शर्मा ओलीप्रति संकेत गर्दै अध्यक्ष प्रचण्डले प्रतिगमनको मलजलमा लागिपरेकाहरूलाई बालुवाटारबाट बालकोट पु¥याएको बताए ।

घर–घरमा सिंहदरबारको परिकल्पनाअनुसार नै गाउँ–गाउँमा स्थानीय सरकार भएको बताउदै जसको नीति त्यसैलाई नेतृत्व प्रदान गर्न पनि अध्यक्ष प्रचण्डले जनसमुदायलाई अपिल गरे ।

माओवादी सधैंभरी दुःख, सुखको साथी भएको बताउँदै उनले माओवादीहरूले नेतृत्व गरेको देशैभरका पालिका उत्कृष्ट रहेको दावी गरे । संवैधानिक अंगहरूले गरेको एक मूल्याङ्कन अनुसार उत्कृष्ट ५ मध्ये ३ पालिका माओवादीको नेतृत्वमा रहेका पालिका भएको उनको भनाइ छ ।