केही स्वार्थी मान्छेले केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए : एमाले अध्यक्ष ओली

केही स्वार्थी मान्छेले केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए : एमाले अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिलाई आफूलाई मधेशविरोधी रहेको हल्ला चलाएको बताएका छन् ।

वीरगञ्जमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही स्वार्थी व्यक्तिले केपी ओली मधेशीविरोधी रहेको हल्ला चलाएको बताएका हुन् ।

‘केपी ओली मधेशविरोधी हो भन्ने हल्ला चलाए केही स्वार्थी मान्छेहरुले,’ उनले भने, ‘म मधेशको मान्छे । ६० वर्षदेखि मत मधेशको बासिन्दा हो । ६० वर्षदेखि मधेशमा बसेको छु ।’