काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग नेपाल परिवार दलले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने भएको छ । । नेपाल परिवार दलले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने तयारी गरेको हो । २०७४ सालको निर्वाचनमा पनि ३ बुँदे सहमति गरेर परिवार दलले एमालेसँग तालमेल गरेको थियो ।
पार्टी अध्यक्ष एकनाथ ढकालसहितको टोलीले एमाले उपाध्यक्ष विष्णु पौडेलसँग सम्भावित चुनावी तालमेलका विषयमा छलफल गरेको छ । स्थानीय तहको निर्वाचनमा एमालेसँग चुनावी तालमेल गर्ने विषयमा सकारात्मक छलफल भएको परिवार दलका अध्यक्ष एकनाथ ढकालले बताएका छन् ।
‘हामीले पहिला पनि एमालेलाई सहयोग गरेका थियौँ,’ अध्यक्ष ढकालले भने, ‘अहिले पनि आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा सहकार्य गरेर जाने विषयमा सकारात्मक छलफल भएको छ ।’ ७६ जिल्लाको निर्वाचन कार्यालयमा दर्ता रहेको नेपाल परिवार दलले ५२ जिल्लामा उम्मेदवारी दिने तयारी गरेको छ । तर एमालेसँग चुनावी तालमेल हुने अवस्थामा भने धेरै ठाउँ दाबी नगर्ने नीति पार्टीले लिएको अध्यक्ष ढकालले जनाए ।
उनका उनुसार एमाले उपाध्यक्ष पौडेलसँग कसरी तालमेल गर्ने मोडालिटीसहित फेरि छलफल गर्ने र अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक छलफल हुनेछ । यता सत्तारुढ पाचँदली गठबन्धनले पनि स्थानीय तहको चुनावमा तालमेल गर्ने भएका छन् ।




प्रतिक्रिया